धादिङ,१० असार ।
त्रिपुरासुन्दरी गाउँपालिकाले आर्थिक वर्ष २०७८÷७९ को ६३ करोड ३२ लाख ६६ हजार ८ सय ७५ रुपिँया बजेट बिनियोजन गरेको छ । बिहिबार सम्पन्न नवौं गाउँसभाले सार्वजनिक गरेको बजेटमा स्वास्थ्य, शिक्षा, खानेपानी, कृषि क्षेत्रलाई विशेष प्राथमिकता दिइएको छ । पुर्वाधार बिकास, साना उद्यम र पशुपालन तथा व्यवसायिकरणलाई जोड दिइएको छ ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष शम्भुकुमार थापाले गाउँपालिकाभित्र रहेका प्राकृतिक श्रोत साधनको प्रयोग, कृषि पेशाको ब्यवसायीकरण, पर्यटन प्रबर्द्धनलाई जोड दिदै गरिबी निवारणमा टेवा पुग्ने खालका नीति तथा कार्यक्रमहरु ल्याइएको बताउनु भयो । आर्थिक, सामाजिक, पुर्वाधार विकास, विपद व्यवस्थापनको क्षेत्रमा पालिकालाई समृद्ध बनाउने उद्देश्य सहित बजेट प्रस्तुत गरिएको उल्लेख गर्नुभयो ।
फोटो पाबिल न्युज ।
प्रतिक्रिया दिनुहोस