धादिङ,१० असार ।
धुनिवेशी नगरपालिकाकोे आर्थिक बर्ष २०७८÷७९ को निति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ । बिहीबार नगर सभा मार्फत उपप्रमुख निरु खरेलले आन्तरिक आय आर्जनसँगै अन्तर सरकारी वित्तीय हस्तान्तरण,केन्द्र तथा प्रदेश सरकारको राजस्व बाँडफाँड तथा विविध कोष तथा आयबाट स्रोत व्यवस्थापन गर्ने गरी नगरको आर्थिक वर्षको बजेट विनियोजन गर्नुभएको हो । नगरपालिकाले आर्थिक बर्ष २०७८÷७९ को लागि ७७ करोड २५ लाख २८ हजार ७ सय रुपैयाँ बजेट विनियोजन गरेकोे छ ।
प्रस्तुत बजेटमा राजस्वतर्फ २१ करोड ९० लाख ८३ हजार ५ सय ५८, आन्तरिक स्रोततर्फ ८ करोड ८४ लाख ९४ हजार, एकिकृत सम्पत्ती कर २५ करोड, ब्यबसाय कर ५ करोड ६८ लाख २२ हजार क्रमशः रहने नगरपालिकाले प्रक्षेपण गरेको छ ।
गत आर्थिक बर्ष २०७७ ÷ ७८ को नगद मौज्दात ११ करोड ७९ लाख ७५ हजार १ सय ४२ रहेको छ । संघिय सरकार अन्तर्गत समानिकरण अनुदानमा १६ करोड २० लाख, शसर्त अनुदान चालु तर्फ १७ करोड ४८ लाख, शसर्त अनुदान पुँजीगततर्फ २८ करोड, बिषेश अनुदान चालुतर्फ ८३ करोड, प्रदेश सरकार तर्फ ६ करोड २६ लाख ७० हजार चालु आर्थिक बर्ष २०७८÷७९ को अनुमानित आय रहेको छ ।
प्रतिक्रिया दिनुहोस