धादिङ ०९ आषाढ
धादिङको गंगाजमुना गाउँपालिका वडा नं. ६ की गर्भवती महिला मिना घलेलाई हवाइ उद्धार गरिएको छ । स्वास्थ्यमा जटिल समस्या देखिएपछि गंगाजमुना गाउँपालिकाको समन्वय स्वास्थ्य कार्यालय धादिङले निःशुल्क हवाई उद्धार गरी काठमाडौँ पठाएको गाउँपालिकाका स्वास्थ्य संयोजक दिपक अधिकारीले जानकारी दिनुभयो । बुधबार साँझ ६ बजेतिर एयर डाइनेस्टीको हेलिकप्टरमार्फत प्रशुती गृह थापाथली रिफर गरिएको स्वास्थ्य संयोजक अधिकारीले बताउनु भयो ।
कोभिड संक्रमित भई ग्रामीण अस्पताल फूलखर्कसँगै रहेको गाउँपालिकाको आइसोलेशन सेन्टरमा उपचाररत घलेलाई स्वास प्रशासमा समस्या देखिएको र ज्वरोको मात्रा समेत बढेकाले थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौँ पठाइएको अधिकारीले जानकारी दिनुभयो । उनको एन्टिजेन किटमार्फत कोभिड परीक्षण गर्दा नेगेटिभ देखिएको थियो ।
गाउँपालिकाले यसअघि पनि २ जना गर्भवती महिलालाई गाउँपालिकाकै खर्चमा हेलिकप्टरमार्फत थप उपचारको लागि काठमाडौँ रिफर गरेको थियो ।
प्रतिक्रिया दिनुहोस