धादिङ ०९ आषाढ
धादिङको गजुरी गाउँपालिकाको नीति कार्यक्रम तथा बजेट रोक्न माग गर्दै ने.क.पा. (माओवादी केन्द्र) र नेकपा एमाले(माधव पक्ष)ले बुधबार गाउँपालिकामा संयुक्त ज्ञापन पत्र बुझाएका छन् । चालु आर्थिक वर्षमा ढुङ्गा, गिट्टी, बालुवा ठेक्काको ठेक्का अनृसारको रकम गाउँपालिकाले भुक्तानी नलिएको र चामबास मलेखु मझुवाका बाढी पीडित नागरिकहरुलाई हालसम्म पनि पुर्नस्थापना नगरेको भन्दै यी माग सुनुवाई नगरी पालिकाको नीति कार्यक्रम र बजेट घोषणा नगर्न माग गर्दै ज्ञापन पत्र बुझाइएको हो ।
आर्थिक वर्ष २०७७/०७८ मा गाउँपालिकामा ढुङ्गा, गिट्टी, बालृवा तथा नदीजन्य उत्खननको लागि ११ करोड ९७ लाख ७७ हजार ७ सय ७७ को ठेक्का सम्झौता भएको थियो । ठेकेदार कम्पनीले हालसम्म गाउँपालिकालाई जम्मा ४ करोड ९ लाख मात्र भुक्तानी गरेको स्रोतको दाबी छ ।
ने.क.पा. (माओवादी केन्द्र) गजुरी गाउँपार्टी अध्यक्ष सूर्य तामाङ र नेकपा एमाले गजुरी गाउँपालिका अध्यक्ष पुरुषोत्तम न्यौपानेले हस्ताक्षर गरेको विज्ञप्तीमा ठेकेदारबाट बोलकबुल रकम भुक्तानी लिए नलिएको सूचना सार्वजनिक नगरी गाउँपालिकाको नीति तथा बजेट कार्यक्रम प्रस्तुत गरिए थप आन्दोलनमा जाने चेतावनी समेत दिइएको छ ।
यसैबिच गत श्रावण ४ गतेको बाढीबाट घरबास बिहीन भएका चामबास मलेखु मझुवाका बाढी पीडित नागरिकहरुले गाउँपालिकामा धर्ना समेत दिएका थिए ।
प्रतिक्रिया दिनुहोस