धादिङ,०९ असार ।
धादिङको थाक्रे गाउँपालिकाको आर्थिक वर्ष २०७८÷०७९ को बजेट तथा कार्यक्रम सार्वजनिक गरेको छ । बुधबार थाक्रे गाउँपालिकाका उपाध्यक्ष अम्बिका रुपाखेतीले आर्थिक वर्ष २०७८÷०७९ को बजेट सार्वजनिक गर्नुभएको हो । गाउँपालिकाले आर्थिक वर्ष २०७८÷०७९ को लागि ८१ करोड, ६ लाख ६३ हजारको बजेट विनियोजन गरेको छ ।
आर्थिक वर्ष २०७८÷०७९ मा जनताको जीवनस्तरलाई माति उकास्नका निम्ति कृषि बिकास तथा उत्थानको लागी २ करोड ४१ लाख ६७ हजार, पर्यटन विकास तथा प्रबद्र्धनका लागी २ करोड ५४ लाख, पशु विकास तर्फ ७१ लाख, सहकारी तर्फ १० लाख बिनियोजन गरिएको छ । सिँचाईको लागी १ करोड २८ लाख, सामाजिक बिकास तर्फ १ करोड ५६ लाख, शिक्षामा २४ करोड २७ लाख ७२ हजार बिनियोजन गरिएको छ ।
त्यस्तै स्वास्थ्य तर्फ ५ करोड ९३ लाख ६० हजार, भाषा तथा संस्कृति तर्फ १२ लाख ५० हजार, महिला बालबालिका तर्फ १ करोड ६२ लाख, युवा तथा खेलकुदमा १ करोड १५ लाख बजेट बिनियोजन गरिएको हो । त्यस्तै पुर्वाधारतर्फ ३६ लाख, सडक क्षेत्रतर्फ १८ करोड ४१ लाख ४ हजार, सामाजिक सुरक्षा तथा संरक्षणमा १ करोड ५१ लाख, सम्पदा पुर्बाधारमा १ करोड ५५ लाख, भवन तथा सहरी बिकास तर्फ ७ करोड ८८ लाख, कार्यालय तथा प्रशासन खर्च ९ करोड १५ लाख ५० हजार बिनियोजन गरिएको छ ।
फोटो सन्तोष सुवेदी
प्रतिक्रिया दिनुहोस