धादिङ,०८ असार ।
धादिङमा पछिल्लो २४ घण्टामा थप १ सय ३७ जना कोरोना संक्रमित थपिएका छन् । मंगलबार थपिएका संक्रमितहरुमा नीलकण्ठका ९१, धुनिबेशीका १, गजुरीका ७, बेनिघाट रोराङका २, ज्वालामुखीका १०, गंगाजमुनाका १, गल्छीका २, त्रिपुरासुन्दरीका ५, खानियाबासका ११, धादिङ्ग अस्पतालमा ५,थाक्रेका १ र रुवीभ्यालीका १ जना रहेको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ । संक्रमित मध्ये ७ सय ९१ जना जिल्ला भित्र र ८० जना जिल्ला बाहिरका विभिन्न आईशोलसनमा रहेका छन् ।
हालसम्म जिल्लाभर कोरोना संक्रमित हुनेको सङ्ख्या भने ६ हजार ५ सय १७ पुगेको छ । मंगलबार थप ९१ जना कोरोना संक्रमित निको हुँदा संक्रमणमुक्त हुनेको सङ्ख्या ४ हजार ९ सय ९९ पुगेको छ भने सक्रिय केशको संख्या ८ सय ७१ रहेको छ । आज बेनिघाट रोराङका ५९ वर्षीय पुरुष, गंगाजमुनामा ३३, ५० र ३८ वर्षीय पुरुषको संक्रमणबाट मृत्यु भएसंगै जिल्लामा संक्रमणबाट मृत्युहुनेको संख्या ७२ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस