धादिङ,०८ असार ।
धादिङमा जारी निषेधाज्ञा असार १५ गते सम्म लम्ब्याउने निर्णय गएिको छ । मंगलबार कोभिड–१९ को संक्रमण नियन्त्रण र रोकथामका लागि बसेको कोभिड व्यवस्थापन समितिको बैठकले असार १५ गते राति १२ बजेसम्म निषेधाज्ञालाई निरन्तरता दिने निर्णय गरेको हो । गत जेठ ३१ बाट सुरु भएको निषेधाज्ञा आज राति १२ बजे सकिँदैछ ।
खाद्यान्न, डिपार्टमेन्ट स्टोर र फलफुल पसल विहान ६ बजे देखि दिउँसो १ बजेसम्म खोल्न दिने निर्णय गरिएको छ । त्यस्तै विकास निर्माणजन्य सामग्री बिक्री गर्ने दर्तावाल पसलहरू, विद्यार्थीहरूका पुस्तक बिक्री गर्ने पुस्तक पसलहरू र प्रिन्टिङ प्रेस पनि बिहान ६ बजेदेखि १ बजेसम्म खुल्ला गर्न पाईने भएको छ । साथै होटल तथा रेष्टुरेन्ट, स्वीमिङ पुल, जिमखाना, सैलुन र ब्युटिपार्लर बाहेकका पसल व्यवसायहरु तोकिएको समयमा खोल्न पाईने भएको हो ।
प्रतिक्रिया दिनुहोस