धादिङ ०७ आषाढ
नीलकण्ठ नगरपालिकाको आर्थिक वर्ष २०७८/०७९ को बजेट तथा कार्यक्रम सार्वजनिक गरेको छ । सोमबार नीलकण्ठ नगरपालिकाका उपप्रमुख मनराज भण्डारीले आर्थिक वर्ष २०७७/०७८ को बजेट सार्वजनिक गर्नुभएको हो । नगरपालिकाको आर्थिक वर्ष २०७८/०७९ को कुल बजेट १ अर्ब २ करोड १२ लाख ६७ हजार ५ सय २५ विनियोजन गरिएको छ । जसमा चालु खर्चतर्फ रु. ७३ करोड ९२ लाख २५ हजार तथा पुजीगत खर्चतर्फ रु. २८ करोड २० लाख ५२ हजार ५ सय २५ विनियोजन गरिएको नगर उपप्रमुख मनराज भण्डारीले बताउनु भयो ।
आर्थिक वर्ष २०७८/०७९ मा जनताको जीवनस्तरलाई माथि उकास्नको निम्ति कृषि तथा पशुको क्षेत्रलाई विशेष प्राथमिकतामा राखिएको छ । नगरपािलकाबाट पशु बिमा कार्यक्रमका लागि किसानहरुलाई दिदै आएको सहुलियत यस वर्ष पनि निरन्तरता दिएको र लक्षित वर्गको जीविकोपार्जनमा सहजीकरण गर्न रु. ११ लाख २० हजार विनियोजन गरिएको छ । त्यस्तै समग्र उद्योग तथा लघु विकासका लागि १ करोड १४ लाख, स्वास्थ्य क्षेत्रमा रु. ७ करोड ४१ लाख ७६ हजार, शिक्षामा कुल २६ करोड ६१ लाख ३८ हजार, पूर्वाधारतर्फ कुल २६ करोड ७० लाख कोरोना रोकथाम तथा उपचार कोषमा रु. १ करोड बजेट विनियोजन गरिएको छ ।
सोमबार सम्पन्न भएको नवांै नगरसभामा सहभागि भएका नगर परिषद सदस्यहरुले खानेपानी, स्वास्थ्य र कृषिको क्षेत्रमा उठाएका प्रश्नहरुको जवाफ मेयर भिम प्रसाद ढुङगानाले दिनुभएको थियो ।
नगर उपप्रमुख मनराज भण्डारीद्धारा प्रस्तुत बजेट वक्तव्य
प्रतिक्रिया दिनुहोस