धादिङ,०६ असार ।
धादिङको रुविभ्याली गाउँपालिका सेर्तुङको अदा खोलामा सडक खन्ने क्रममा पहिरोले पुरिएका डोजर चालक सिन्धुपाल्चोकका २३ वर्षीय राजु पराजुलीको शव हेलिकप्टर मार्फत धादिङबेसी ल्याइएको छ । पानी परिरहेको र सडक संजालबाट पनि टाढा रहेकोले आज धादिङ अस्पतालमा पोष्टमार्टमको लागि हेलिकप्टरमार्फत ल्याईएको हो । शवको पोष्टमार्टमपछि शव परिवारको जिम्मा लगाइने जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
पराजुलीसँगै पहिरोमा पुरिएका अर्का सहचालक रुबीभ्याली–५, का जोजो तामाङ भने अझै भेटिएका छैनन् । स्काभेटर स्थावासि र प्रहरीले खोजी कार्य जारी राखेको छ । धादिङबेसी–सांकोष–तिप्लिङ सडकखण्ड अन्र्तगत सेर्तुङ र तिप्लिङ बीचको भीरमा सडकको ट्रयाक खोल्ने क्रममा पहिरो खस्दा शुक्रबार बेलुकी स्काभेटरसहित दुई जना बेपत्ता भएका थिए ।
फोटो शंकर श्रेष्ठ पाबिल न्युज
प्रतिक्रिया दिनुहोस