धादिङ ०५ आषाढ
धादिङको रुविभ्याली गाउँपालिका वडा नं.–२ सेर्तुङको अदा खोलामा सडक खन्ने क्रममा पहिरोले पुर्दा बेपत्ता भएका २ जना मध्ये एक जनाको शव फेला पारेको छ । शुक्रबार बेलुका ८ बजेको समयमा सेर्तुङ तिप्लिङ जोड्ने सडक निर्माणका क्रममा माथिबाट आएको पहिरोले पुर्दा स्काभेटर चालक सिन्धुपाल्चोकका २३ वर्षीय राजु पराजुली र सहचालक रुविभ्याली गाउँपालिका वडा नं.–५ लापाका २० वर्षीय जोजो तामाङ बेपत्ता भएका थिए ।
बेपत्ता भएका स्काभेटर चालक सिन्धुपाल्चोकका २३ वर्षीय राजु पराजुलीको भने प्रहरी, स्थानीयवासी र स्काभेटरको प्रयोग गरी शव भेटिएको प्रहरीले जनाएको छ । सहचालक रुविभ्याली गाउँपालिका वडा नं.–५ लापाका २० वर्षीय जोजो तामाङको भने खोजी कार्य भैरहेको प्रहरी प्रवक्ता जागेश्वर भण्डारीले बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस