धादिङ ०५ आषाढ
अखिल नेपाल सरकारी अस्थायी करार तथा ज्यालादारी श्रमीक संघ त्रिपुरासुन्दरी गाउँपालिकाको प्रथम भेला शनिबार सल्यानटारमा सम्पन्न भएको छ । शनिबार सम्पन्न भएको प्रथम भेलाले रोशन सिंखडाको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यासमिति चयन गरेको छ । जसको उपाध्यक्षमा गणेश अधिकारी, सचिवमा भत्त बहादुर वि.क, सहसचिवमा रुपक थपलिया, कोषाध्यक्षमा विना सिटौला चयन हुनु भएको छ । त्यस्तै भेलाले यम बहादुर श्रेष्ठको संयोजकमा ९ सदस्यीय सल्लाहाकार समिति पनि चयन गरिएको छ ।
उक्त भेलालाई सम्बोधन गर्दै अखिल नेपाल ट्रेड युनियन महासंघका केन्द्रिय अध्यक्ष जगत सिंखडाले कर्मचारीहरुको हकहितको निम्ति आफू निरन्तर लागि परेको र कर्मचारीहरुले पनि आफ्नो हक अधिकारको निम्ति लाग्न आग्रह गर्नुभएको थियो । अखिल नेपाल ट्रेड युनियन महासंघका केन्द्रिय अध्यक्ष जगत सिंखडाको प्रमुख आतिथ्यता रहेको कार्यक्रमा ने.क.पा. (माओवादी केन्द्र) धादिङका नेता राम बहादुर भण्डारी, एकीकृत अखिल नेपाल शिक्षक संगठनका नेता अर्जुन नगरकोटी लगाएत वडा अध्यक्षहरुको सहभागिता रहेको हरि वि.क. ले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस