धादिङ ०५ आषाढ
धादिङको गजुरी गाउँपालिका र बेनिघाट रोराङ गाउँपालिकाका १ सय ६९ चेपाङ समुदायलाई खाद्यान्न सहयोग गरिएको छ । समाजसेवी दिनेश तामाङको पहलमा नेपाल बौद्ध महायान केन्द्र गोन्पा बौद्धको सहयोगमा गजुरी गाउँपालिकाको वडा नम्बर ४ स्थित गैरी गाउँका ८४ घर र वेनिघाट रोराङ गाउँपालिका वडा नं. ८ दुङबाङका ८५ घर चेपाङ परिवारलाई खाद्यन्न सामाग्री सहयोग गरिएको छ ।
सहयोग गरिएका खाद्यान्न सामग्रीहरुमा एक बोरा चामल, ३ केजी दाल, चिनी, चिउरा लगाएतका खाद्यन्न सामाग्रीहरु रहेको तामाङले जानकारी दिनुभयो । यसैगरी ज्वालामुखी गाउँपालिका वडा नं.–४ को भूकम्प प्रभावितहरुको नमूना वस्तीमा पनि ३१ घर परिवारलाई खाद्यान्न सहयोग गरिएको हो । तामाङकै पहलमा उत्तरी धादिङको रुबीभ्याली गाउँपालिलकामा कोभिड–१९ नियन्त्रण र रोकथामका लागि ठुलो मात्रामा स्वास्थ्य सामग्रीहरु सहयोग गरिसकिएको छ ।
प्रतिक्रिया दिनुहोस