धादिङ ०५ आषाढ
धादिङको रुविभ्याली गाउँपालिका वडा नं.–२ सेर्तुङको अदा खोलामा सडक खन्ने क्रममा पहिरोले पुर्दा २ जना बेपत्ता भएका छन् । शुक्रबार बेलुका ८ बजेको समायमा सेर्तुङ तिप्लिङ जोड्ने सडक निर्माणका क्रममा माथिबाट आएको पहिरोले पुर्दा स्काभेटर चालक सिन्धुपाल्चोकका २३ वर्षीय राजु पराजुली र सहचालक रुविभ्याली गाउँपालिका वडा नं.–५ लापाका २० वर्षीय जोजो तामाङ बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ । बेपत्ताहरुको खोजी कार्य भैरहेको प्रहरी प्रवक्ता जागेश्वर भण्डारीले बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस