धादिङ, २ असार ।
धादिङको गल्छी गाउँपालिका वडा नम्बर ६ स्थित जिन्टेटार नजिकै त्रिशुली नदी किनारमा दुई जना महिलाको शव भेटिएको छ । बुधवार बिहान साँढे ९ वजेको समयमा दुई महिलाको शब कुहिएको अबस्थामा फेला पारेको प्रहरी कार्यालय बैरेनीले जनाएको छ । नामथर , बतन केही नखुलेको अन्दाजी ३५ ÷४० बर्ष जतीको देखिने दुई जना महिलाको शव कुहिएको अबस्थामा नदीको तिरमा फेला परेपछि तत्काल प्रहरी, जनप्रतिनिधि र स्थानीय वासीले शव पहिचानको लागि पहल गरेपनि केही खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीले जानकारी दिनुभयो ।
त्रिशूली नदी किनारमा दुई शब देखिएको सूचना पाउना साथ घटना स्थल पुगेर पहिचानको लागि कोशिस गरेपनि केही नखुलेपछि दुबै शब पोस्टमार्टमको लागि शिक्षण अस्पताल महाराजगंज काठमाडौ पठाईएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस