धादिङ,०२ असार ।
धादिङको सात वटा स्थानीय तहहरुलाई अन्तराष्ट्रिय धादिङ समाजले स्वाथ्य सामाग्री सहयोग गरेको छ । बुधबार एक कार्यक्रमका बीच अन्तराष्ट्रिय धादिङ समाजको संयोजन, धादिङ समाज जापान, धादिङ अष्ट्रेलिय समाज, धादिङ समाज युएई, धादिङ समाज कोरिया, धादिङ समाज बेल्जियम, धादिङ समाज भारत लगाएत विभिन्न सहयोगीदाताहरुको सहयोमा जिल्लामा रहेको ग्रामीण अस्पताल र स्थानीय तहबाट संचालित कोभिड आईसोलेशन सेन्टरलाई लक्षित गरी सात वटा स्थानीय तहहरुलाई स्वास्थ्य सामाग्री उपलब्ध गराएको हो ।
दोस्रो लहरको कोरोना नियन्त्रण रोकथाम र उपचारको लागि धादिङको ज्वालामुखी, रुवीभ्याली, खनियावास, बेनिघाट रोराङ, गजुरी र गल्छी गाउँपालिका तथा नीलकण्ठ नगरपालिकाका स्वास्थ्य संयोजकहरुलाई उक्त सामाग्रीहरु हस्तान्तरण गरिएको हो । हस्तान्तरण गरिएको स्वास्थ्य सामाग्रीहरुमा प्रत्येक स्थानीय तहहरुलाई अक्सिजन कन्सन्टे«टर २ वटा, नेबुलाईजर १० वटा, डिजिटल थर्मोमिटर १० वटा, अक्सिमिटर ५ वटा, केएन ९५ मास्क सय पिस, ह्याण्ड ग्लोप्स २ सय पिस लगाएतको स्वास्थ्य सामाग्री रहेको छ ।
धादिङबाट विभिन्न देशमा रोजगारी तथा अध्ययनका लागि गएका नागरिकहरु बाट आर्थिक अभियान संचालन गरि अन्तराष्ट्रि धादिङ समाजले यस अघि पनि केहि स्थातीय तहहरुमा स्वास्थ्य सामाग्री उपलब्ध गराएको थियो । उक्त कार्यक्रममा स्वास्थ्य कार्यालय धाङिका प्रमुख भुवन पौडेलले सहयोग गर्ने संस्थाहरुलाई धन्यावाद दिदै कतिपय ठाउँमा राजनितिक रुपमा प्रेसर दिएर स्वास्थ्य सामाग्री पठाउन आग्रह गरे पनि ती कुराहरुलाई वेवास्ता गरि जुन स्थानमा स्वास्थ्य सामाग्रीको आवश्यकता छ त्यही स्थानमा प्रयोग गर्न आग्रह गर्नुभएको छ । अन्तराष्ट्रिय धादिङ समाजका अध्यक्ष नानु काजी अर्यालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वास्थ्य कार्यालय धाङिका प्रमुख भुवन पौडेको प्रमुख आतिथ्यता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस