धादिङ ०१, आषाढ
धादिङका एम्बुलेन्स चालकहरुको लागि पूर्व विज्ञान तथा प्रविधि मन्त्री तथा ने.क.पा.(माओवादी केन्द्र) की केन्द्रीय सदस्य एवं स्वास्थ्य विभाग प्रमुख कल्पना धमलाले स्वास्थ्य सामग्री सहयोग गर्नुभएको छ । मंगलबार नेकपा माओवादी केन्द्र धादिङका अध्यक्ष बिजय वुर्लाकोटीले संयुक्त एम्बुलेन्स चालक समाज धादिङका अध्यक्ष भेषराज ठकुरीलाई उक्त सहयोग सामग्री हस्तान्तरण गर्नुभएको हो ।
कोभिडको समयमा अग्रपंतिमा खटिएर काम गर्ने एम्बुलेन्स चालकहरुको निम्ति पिपिई सेट अत्यन्तै आवश्यक पर्ने भएकाले सहयोगका लागि संयुक्त एम्बुलेन्स चालक समाज धादिङका अध्यक्ष भेषराज ठकुरीले धन्यवाद दिनुभएको छ ।
सहयोग गरिएको सामाग्रीहरुमा ७१ वटा पिपिई सेट, ६ हजार सर्जिकल मास्क रहेको छ । त्यस्तै धुवाकोटको ३ वटा स्वास्थ्य चौकीमा ५ वटा अक्सिजन सहितको सिलिन्डर र प्रकाश माध्यमिक विद्यालय नीलकण्ठ–१, पात्लेलाई ४ वटा अक्सिमिटर, सेमजोङ, खाल्टे र धुवाँकोट सहित ५ ओटा स्वास्थ्य चौकी लाई पिपिई सेट, सर्जिकल मास्क सहितको स्वास्थ्य सामग्री सहयोग गरिएको हो ।
प्रतिक्रिया दिनुहोस