धादिङ,३१ जेठ
धादिङमा जारी निषेधाज्ञा असार ८ गते सम्म लम्ब्याउने निर्णय गएिको छ । सोमबार कोभिड–१९ को संक्रमण नियन्त्रण र रोकथामका लागि बसेको कोभिड व्यवस्थापन समितिको बैठकले असार ८ गते राति १२ बजेसम्म निषेधाज्ञालाई निरन्तरता दिने निर्णय गरेको हो । गत बैशाख २१ बाट सुरु भएको निषेधाज्ञा आज राति १२ बजे सकिँदैछ ।
खाद्यान्न, डिपार्टमेन्ट स्टोर र फलफुल पसल विहान ११ बजेसम्म खोल्न दिने निर्णय गरिएको छ । त्यस्तै विकास निर्माणजन्य सामग्री बिक्री गर्ने दर्तावाल पसलहरू, विद्यार्थीहरूका पुस्तक बिक्री गर्ने पुस्तक पसलहरू र प्रिन्टिङ प्रेस पनि बिहान ६ बजेदेखि ११ बजेसम्म खुल्ला गर्न पाईने भएको छ ।
प्रतिक्रिया दिनुहोस