धादिङ २८ जेष्ठ
शंखादेवी माध्यमिक विद्यालय वेनिघाट रोराङ–९, मझिमटार धादिङमा आवासीय छात्राबास भवनको शिलान्यास गरिएको छ । शुक्रबार गाउँपालिकाका अध्यक्ष पित्त बहादुर डल्लाकोटी(हरि)ले उक्त छात्रावास भवन शिलान्यास गर्नुभएको विद्यालयका शिक्षक तिलक चेपाङले जानकारी दिनुभयो ।
नेपाल सरकार बागमती प्रदेश सामाजिक विकास मन्त्रालय हेटौडाको आर्थिक सहयोगमा सिमान्तकृत बालबालिकाहरुको लागि धादिङ जिल्लामा नै पहिलो प्रविधिमैत्री पुस्तकालय, कम्युटर ल्याब सहितको छात्राबास निर्माण सुरु गरिएको हो । करिब १८ करोड लागतमा निर्माण गर्न लागिएको छात्राबास ५ वर्षमा सम्पन्न गर्ने उद्धेश्यले पहिलो वर्ष १ करोड बजेट व्यवस्थापन गरिएको शिक्षक चेपाङले बताउनु भयो ।
कार्यक्रममा गाउँपालिकाका अध्यक्ष पित्त बहादुर डल्लाकोटी(हरि), उपाध्यक्ष देवी प्रसाद सिलवाल, शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख बोदराज पाठक, वडा नम्बर ९ का अध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरेश मल्ल, स्थानीय समाजसेवी, शिक्षक कर्मचारी लगाएतको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस