धादिङ २७ जेष्ठ
विद्यालय शिक्षा तथा शिक्षक र विद्यालय कर्मचारीहरुका सेवा सुबिधा सम्बन्धी ३४ सुत्रीय मागहरु पुरा गराउन गत २०७८ बैशाख १८ गतेदेखि डिजिटल आन्दोलन गर्दै आइरहेको शिक्षक महासंघले बिहिबार सातै प्रदेशमा शिक्षक महासंघका आन्दोलन र शैक्षिक सवाल विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
बागमती प्रदेशमा नेपाली कांग्रेसका युबा नेता गगन थापा, नेकपा(माओवादी केन्द्र) का बागमती प्रदेशका अध्यक्ष नारायण दाहाल, प्रदेश सांसदहरु ,नेपाल शिक्षक महासंघका कार्यबाहक अध्यक्ष पुर्णप्रसाद दवाडी, नेपाल शिक्षक संघका संघीय अध्यक्ष राजेन्द्रराज पौडेल, एकीकृत अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय अध्यक्ष शंकर अधिकारी लगायत महासंघमा आवद्ध संस्थाका केन्द्रीय अध्यक्षहरुले संबोधन गर्नुभएको थियो ।
कार्यक्रमका क्रममा नेता गगन थापाले आगामी असारको अन्तिम सातातिर संसद पुनस्र्थापना हुने र शैक्षिक क्षेत्रका धेरै समस्या समाधान हुने बताउनुभएको थियो । माओवादी केन्द्रका नेता नारायण दाहालले नेपालको राजनीतिक रुपान्तरण र राजनीतिलाई सही बाटोमा लैजान शिक्षकहरुको अहम भुमिका रहने बताउनु भयो ।
कार्यक्रममा ५ सयभन्दा बढी शिक्षकरुको सहभागिता रहेको एकीकृत अखिल नेपाल शिक्षक संगठन बागमती प्रदेशका अध्यक्ष शंकर अधिकारीले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस