धादिङ,२५ जेठ ।
धादिङमा पछिल्लो २४ घण्टामा थप १ सय ३३ जना कोरोना संक्रमित संक्रमण मुक्त भएका छन् । यो सहित जिल्लामा संक्रमणमुक्त हुनेको सङ्ख्या ३ हजार ९ सय ४७ पुगेको छ । यस्तै मंगलबार १५ जना कोरोना संक्रमित थपिएका छन् । थपिएका संक्रमितहरुमा गजुरीका ३ , गंगाजमुनाका ८ जना र धादिङ्ग अस्पतालका ४ जना रहेको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।
यो सहित जिल्लामा सक्रिय केशको संख्या १ हजार २ य ८९ पुगेको छ । संक्रमित मध्ये ११ सय ३४ जना जिल्ला भित्र र १५५ जना जिल्ला बाहिरका विभिन्न आईशोलसनमा रहेका छन् । योसँगै हालसम्म जिल्लाभर कोरोना संक्रमित हुनेको सङ्ख्या भने ४ हजार ९ सय ५८ पुगेको छ । जिल्लामा कोरोना संक्रमण बाट मृत्यु हुनेको संख्या ५९ पुगेको छ । आज जिल्लाभर २१ जनाको एन्टिजेन किटबाट परिक्षण भएको छ ।
प्रतिक्रिया दिनुहोस