धादिङ,२४ जेठ ।
धादिङमा पछिल्लो २४ घण्टामा थप ९२ जना संक्रमित थपिएका छन् । थपिएका संक्रमितहरुमा निलकण्ठका ४९, धुनीबेशीका ३, गल्छीका ७, बेनिघाटका २,ज्वालामुखीका १, गंगाजमुनाका २२ , सिद्धलेकका ७ र थाक्रेका १ गरी जिल्ला भित्र ८९ जना र जिल्ला बाहिर ३ जना रहेको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।
यो सहित जिल्लामा सक्रिय केशको संख्या १ हजार ४ सय १७ पुगेको छ । संक्रमित मध्ये १२ सय ६२ जना जिल्ला भित्र र १ सय ५५ जना जिल्ला बाहिरका विभिन्न आईशोलसनमा रहेका छन् । हालसम्म जिल्लाभर कोरोना संक्रमित हुनेको सङ्ख्या भने ४ हजार ९ सय ४३ पुगेको छ ।
सोमबार थप ३३ जना कोरोना संक्रमित निको भएसँगै जिल्लामा संक्रमणमुक्त हुनेको सङ्ख्या ३ हजार ८ सय १७ पुगेको छ । आज नै कोरोना संक्रमणका कारण धुनिबेशीका ७३ वर्षीय पुरुष, रुवीभ्यालीका ५० वर्षीय पुरुष र गल्छीका ७८ वर्षीय पुरुषको मृत्यु भएको छ । योसँगै संक्रमण बाट मृत्युहुनेको संख्या ५९ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस