धादिङ २४ जेष्ठ
धादिङको त्रिपुरासुन्दरी गाउँपालिकालाई हेफर नेपाल र सहयात्री समाज धादिङले १५ लाख सहयोग गरेका छन् । विश्वभर महांमारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड–१९ नियन्त्रण र रोकथामका लागि उक्त रकम सहयोग गरिएको हो ।
सहयात्री समाजकी राधिका सापकोटा र गीता खनालले उक्त रकम गाउँपालिका अध्यक्ष सम्भु थापालाई हस्तान्तरण गर्नुभएको हो । उक्त रकम गाउँपालिकाले संचालन गरेको आइसोलेसन सेन्टरलाई आवश्यक सामाग्री खरिद तथा आवश्यक औषधी उपचारमा प्रयोग गरिने गाउँपालिका स्रोतले बताएको छ । गाउँपालिकाले सल्यानटार प्राथमिक स्वास्थ्य केन्द्रामा आइसोलेशन सञ्चालन गरिरहेको छ ।
तस्विर स्रोत : सामाजिक सञ्जाल
प्रतिक्रिया दिनुहोस