धादिङ २४ जेष्ठ
धादिङको गंगाजमुना गाउँपालिकालाई हेफर नेपाल र सहयात्री समाज धादिङले १५ लाख सहयोग गरेका छन् । विश्वभर महांमारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड–१९ नियन्त्रण र रोकथामका लागि उक्त रकम सहयोग गरिएको हो ।
उक्त रकम गाउँपालिकाले संचालन गरेको आइसोलेसन सेन्टरलाई आवश्यक सामाग्री खरिद तथा आवश्यक औषधी उपचारमा प्रयोग गरिने गाउँपालिका स्रोतले बताएको छ । गाउँपालिकाले वडा नं. ५ मा रहेको फुलखर्क ग्रामीण हस्पिटलसँगै १० बेडको आइसोलेशन सञ्चालन गरिरहेको छ ।
पालिकाका प्रत्यक वडाहरुमा गएर स्वास्थ्यकर्मीमार्फत पिसिआर परीक्षणका लागि स्वाव संकलन गरिरहेको स्वास्थ्य संयोजक दिपक अधिकारीले जानकारी दिनुभयो ।
हाल गंगाजमुना गाउँपालिकामा १ सय ७० जना सक्रिय संक्रमितहरु रहेका छन् भने कुल पोजेटिभ संख्या २ सय १३ रहेको छ । ५ जनाको कोरोनाकै कारण मृत्यु भएको छ ।
तस्विर स्रोत : सामाजिक संजाल
प्रतिक्रिया दिनुहोस