धादिङ २३ जेष्ठ
प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्या भण्डारीले गरेको दोस्रो प्रतिनिधि सभा विघटन विरुद्ध जनता समाजवादी पार्टी जिल्ला समन्वय समिति धादिङले विरोध जनाएको छ । आईतबार एक विज्ञप्ती जारी गर्दै जनता समाजवादी पार्टी धादिङका १३ वटै पालिका प्रमुखहरुले हस्ताक्षर गरी उक्त कदमको बिरोध जनाएका हुन् । विज्ञप्तमिा सरकारले गरेको प्रतिगामी कदमको घोर भत्र्सना गर्दै यस्ता कदमका विरुद्ध सबै नागरिकहरु एकजुट हुन आव्हान गरिएको छ ।
देश कोभिड–१९ को महामारीबाट आक्रान्त भैरहेको समयमा आफ्नो नागरिकको जीवन रक्षामा लाग्नुपर्ने सरकार एकपछि अर्को गरी घोर अलोकतान्त्रिक दिशामा अग्रसर भैरहेको विज्ञप्तीमा उल्लेख गरिएको छ । सरकारले कोरोना महामारीको समयमा आफ्नो देशका नागरिकलाई घरभित्र थुनेर आफू चाहि संवैधानिक सर्वोच्चता, कानुनी शासन प्रणाली, स्वतन्त्र न्यायलयलाई समेत धावा बोल्दै कमाउ धन्दामा व्यस्त रहेको विज्ञप्तीमा भनिएको छ ।
प्रतिक्रिया दिनुहोस