धादिङ,२३ जेठ ।
धादिङमा पछिल्लो २४ घण्टामा २ सय १७ जना कोरोना संक्रमित निको भएका छन् । यो सहित जिल्लामा कोरोना संक्रमण मुक्त हुनेको संख्या ३ हजार ७ सय ९० पुगेको छ । यस्तै आईतबार थप १०३ जना कोरोना संक्रमित थपिएका छन् । थपिएका संक्रमितहरुमा निलकण्ठका १, धुनीबेशीका २, गजुरीका १, बेनिघाटका २, ज्वालामुखीका ४५, गंगाजमुनाका ११, थाक्रेका १, सिद्धलेकका १७, रुवीभ्यालीका २ र धादिङ अस्पतालका १० जना रहेको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ । यो सहित जिल्लामा सक्रिय केशको संख्या १ हजार ३ सय ६१ पुगेको छ ।
संक्रमित मध्ये १२ सय ९ जना जिल्ला भित्र र १ सय ५२ जना जिल्ला बाहिरका विभिन्न आईशोलसनमा रहेका छन् । हालसम्म जिल्लाभर कोरोना संक्रमित हुनेको सङ्ख्या भने ४ हजार ८ सय ७५ पुगेको छ । आईतबार सिद्धलेक गाउँपालिकाकी ४५ वर्षीया महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । योसँगै संक्रमण बाट मृत्युहुनेको संख्या ५५ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस