धादिङ २१ जेष्ठ
नीलकण्ठ नगरपालिका वडा नम्बर १० स्थित नयाँ गाउँमा समुदायका नागरिकहरुले मिलेर १ सय ६० मिटरको मोटर बाटो निर्माण गरेका छन् । लकडाउनको अबधिमा खाली समयलाई सदुपयोग गर्दै कुमाई ज्यामरुङ माथिल्लो टोलका नागरिकहरुले तीन दिनसम्म निरन्तर खटेर सडक निर्माण गरेका हुन् । वर्षा हुँदा समुदायका नागरिहरुलाई पैदल हिड्न र सवारी साधन संचालन गर्न समेत कठिनाई हुने गरेकाले समुदायका नागरिकहरुले कुनै पनि संघ संस्था तथा राजनीतिक दलहरुसँग सहयोगको लागि अपिल नगरी सडक निर्माण गर्न सफल भएको स्थानीयवासी भक्त शाक्यले जानकारी दिनुभयो । वर्षाको समयमा जोखिम मोलेर हिड्नुपर्ने बाध्यताबाट अब मुक्त भएकाले नागरिकहरु खुसी देखिएका छन् ।
प्रतिक्रिया दिनुहोस