धादिङ,२१ जेठ ।
जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवस धादिङमा स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाउदै अन्तरक्रिया कार्यक्रम गरि मनाईएको छ । शुक्रबार संयुक्त दलित संघर्ष समितिको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो । संघर्ष समितिले केहि दिनदेखि नीलकण्ठ नगरपालिकामा निशुल्क शिक्षा लगाएत १२ बुँदे माग सहित पहिलो र दोस्रो चरणको आन्दोलन समेत गर्दै आएको छ । सोही अवसरमा तेस्रो चरणको आन्दोलनको निम्त शुक्रबार नै १२ बुँदे प्रस्ताव अघि पनि सारेको छ ।
२०६३ साल जेठ २१ गते सरकारले नेपाललाई जातीय छुवाछूत मुक्त राष्ट्र घोषणा गरेको थियो । त्यसै दिनको सम्झनामा वर्तमान सरकारले हरेक वर्ष जेठ २१ गतेलाई जातीय भेदभाव तथा छुवाछूत उन्मूलन दिवसका मनाउदै आएको छ । प्रधानमन्त्रीको नेतृत्वमा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन कार्यान्वयन गर्न समिति गठन गर्ने घोषणा आगामी आर्थिक वर्षको बजेट मार्फत गरेको छ । यसैगरी हामीले धादिङका केहि दलित समुदायका नागरिकहरुलाई नेपाललाई जातीय छुवाछुत मुक्त राष्ट्र घोषणा गरेको १५ वर्ष पुगिसक्दा जातिय भेदभाव र दलित माथिको हिंसामा कस्तो परिर्वतन पाउनु भएको छ भनेर सोधेका छौैं । सुनौं उहाँहरुको आवाज ।
प्रतिक्रिया दिनुहोस