धादिङ २१ जेष्ठ
जिल्ला कोभिड १९ संकट व्यवस्थापन समितिको बैठकले धादिङमा जारी निषेधाज्ञाको अबधी लम्ब्याएको छ । यही जेष्ठ २२ गतेसम्म जारी गरिएको निषेधाज्ञाको अबधीलाई जेष्ठ मसान्तसम्म थप गरिएको हो । यस्तै दैनिक उपभोग्य सामग्री पसलहरु बिहान ६ देखि ९ बजेसम्म १० बजेसम्म खोल्न दिने समेत निर्णय गरेको छ । यसअघि दैनिक उपभोग्य सामग्री पसलहरु बिहान ६ देखि ९ बजेसम्म मात्र सञ्चालन गर्न अनुमति दिइएको थियो ।
प्रतिक्रिया दिनुहोस