कृष्ण बहादुर लामिछाने
गोरखा २१ जेष्ठ
गोरखाको भिमसेनथापा गाउँपालिका वडा नं.–३ तान्द्राङ स्वास्थ्य चौकीमा स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ । बिहिबार भिमसेनथापा गाउँपालिका–३ तान्द्राङ घर भई हाल अष्ट्रेलियामा अध्ययनरत नमुना लामिछानेले स्वास्थ्य सामग्री सहयोग गर्नुभएको हो ।
अन्य स्थानको तुलनामा तान्द्राङ कोरोना संक्रमणको अति प्रभाविति क्षेत्र भएकोले उक्त स्वास्थ्य सामाग्री सहयोग गरिएको लामिछानेको भनाइ छ ।स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष लिलानाथ लामिछानलाई उनका ठुलोबुबा कृष्ण बहादुर लामिछानेले बिहिबार एक कार्यक्रमका बिच सामग्री हस्तान्तरण गर्नुभएको हो ।
हस्तान्तरण कार्यक्रममा लामिछानेले धन्यवाद व्यक्त गर्दै कोरोना महांमारीलाई नियन्त्रण गर्न सबैको साथ सहयोग आवश्यक भएको बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस