धादिङ २० जेष्ठ
धादिङ अस्पतालले सञ्चालन गरेको धादिङबेसीस्थित अस्थायी कोभिड अस्पतालमा मिनि अक्सिजन प्लान्ट स्थापना गरिएको छ । नीलकण्ठ नगरपालिकाको आर्थिक व्यवस्थापनमा २ वटा मिनि अक्सिजन प्लान्ट स्थापना गरिएको हो ।
बिहिबार नगर प्रमुख भिम प्रसाद ढुङ्गाना, उप प्रमुख मनराज भण्डारी र प्रमुख जिल्ला अधिकारी ज्ञान प्रसाद ढकालले अक्सिजन प्लान्टको औपचारिक उद्घाटन गर्नुभएको हो । उक्त प्लान्टबाट प्रतिमिनेट २०/२० लिटरका दरले अक्सिजन उत्पादन हुनेछ ।
रु. ३३ लाख लागतमा प्लान्ट स्थापना गरिएको नगरपालिकाले जनाएको छ । उक्त प्लान्टबाट उत्पादित अक्सिजन सिधै बिरामीलाई प्रयोग हुने हुँदा अक्सिजन सिलिन्डरमा भरेर पछि प्रयोग गर्न भने नमिल्ने प्राबिधिकहरुले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस