प्रशान्त ढउन्या
धादिङ २० जेष्ठ
बिश्वभर बढ्दो कोभिड १९ को महामारीसंगै नीलकण्ठ नगरपालिका वडा नं ११ मा दिनदिनै संक्रमितको संङख्या बढ्न थालेपछि वडा अध्यक्ष तिलक थापा मगरको नेतृत्वमा वडा भित्र पर्ने हरेक टोल बस्तिमा गई संक्रमितहरुको स्वास्थ्य अवस्था बुझ्ने, संक्रमितहरुलाई परामर्श दिने कार्यक्रम सम्पन्न भएको छ ।
वडामा संक्रमितहरु बढदै गरेको स्थितिलाई मध्यनजर गर्दै, सबैको स्वास्थ्य संस्थाको पहुच नभएकोले बिरामीहरुको लागि अति आवश्यक पर्ने स्वास्थ्य सामग्रीहरु, ५० थान ज्वरो नाप्नको लागि थर्मोेमिटर, ५० थान शरीरको अक्सिजन र मुटुको धड्कन नाप्नको लागि पल्स अक्सिमिटर तथा २५०० थान मास्क वडाका प्रत्येक टोलमा वितरण गरिएको हो ।
उक्त सामग्रीहरुको माध्यमबाट बिरामीले घरमै बसी आफ्नो स्वास्थ्य अवस्था कस्तो छ ? शरीरमा ज्वरोको मात्रा के कति छ ? अक्सिजनको मात्रा के कति छ ? सजिलै थाहा पाउन सक्ने भएकोले वितरण गरिएको सामाग्री अत्यन्त उपयोगी र अभियान प्रभाबकारी भएको वडा अध्यक्ष थापा मगरले बताउनु भयो । जेष्ठ १५ गतेबाट सुरु भएको अभियान जेष्ठ २० गते सम्पन भएको हो ।
यस अभियानलाई आर्थिक रुपमा सफल तुल्याउनको लागि प्रमुख भूमिका निभाउने ज्यामरुङ्ग जनकल्याण समाजका पदाधिकारीहरु कृष्णमान श्रेष्ठ, दिनेश बिस्ट, तारालाल धरेल, लिला बहादुर बिस्ट, नीलकण्ठ ११ निवासी हाल मकाउमा कार्यरत दुर्गा बहादुर बिष्ट, पर्यटन ब्यवसायी तथा समाजसेबी गोकुल सापकोटा, हरि कुमार श्रेष्ठ, राजेन्द्र धमला, सहदेव धमला, खिल बहादुर आले मगर, भरत थापा मगर र भाइराम थापा मगरको अतुलनीय भूमिका रहेकोले उहाहरुलाई विशेष धन्यवाद दिदै स्थानीय भूगोलमा खटिएर यस अभियानलाई सफल पार्न सहयोग गर्नुहुने नीलकण्ठ नगरपालिका सदस्य कमला श्रेष्ठ, वडा सदस्य शान्ता रोक्का, स्थानीय समाजसेवी ईश्वरी बहादुर लम्साल, चन्द्र बहादुर लम्साल, कन्चन श्रेष्ठ, पर्बत राना, रस्बिन थापा मगर, कमल मगर र राजु मगरको अहम भूमिका रहेकोले वडा अध्यक्ष थापाले वडाको तर्फवाट र ब्यक्तिगत रुपमा सबैलाई धन्यवाद दिनु भएको छ । साथै सजग र सुरक्षित रही कोभिडको महामारिबाट जोगिन अनुरोध समेत गर्नु भएको छ ।
प्रतिक्रिया दिनुहोस