धादिङ १९ जेष्ठ
प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्या भण्डारीद्धारा जेठ ८ गते मध्यरातमा गरिएको प्रतिनिधी सभा विघटन विरुद्ध धादिङका ४ क्रियाशील युवा संगठनहरु एक ठाउँमा उभिएका छन् । बुधबार नेपाल तरुण दल, वाईसियल, युवा संघ नेपाल, र समाजवादी युवा संघ, धादिङले संयुक्त रुपमा एक विज्ञप्ती जारी गर्दै प्रधानमन्त्री ओलीले चाल्ने असंवैधानिक, अलोकतान्त्रिक र राष्ट्रघाती कदमको विरुद्ध सशक्त बिरोध गर्न आम जनसुमदायलाई आग्रह गरेका छन् ।
विज्ञप्तीमा राष्ट्रपति र प्रधानमन्त्रीले बदनियतपूर्ण किसिमले प्रतिनिधी सभाको विघटन गरी नेपालको संविधान र लोकतान्त्रिक गणतन्त्रमाथि नै गरिएको प्रहार एवं गैरजिम्मेवार कार्यको घोर भत्र्सना गर्दैे विषम परिस्थतिमा सिंगो मुलुक र राज्यको सबै निकायको सम्पूर्ण स्रोत, साधन र ध्यान नागरिकको स्वास्थ्य सेवामा केन्द्रित गर्दै अभाव र विपन्नताका कारण कष्ठकर र सकसपूर्ण जीवनयापन गरिरहेका विपन्न र श्रमजिवी जनताको दैनिकीलाई सहजीकरणमा केन्द्रित हुन आग्रह गरिएको छ ।
साथै पटकपटक संविधानको हत्या गर्ने राष्ट्रपति विद्यादेवी भण्डारीलाई यथाशिघ्र कानुनी कठघरामा उभ्याउन माग गर्दै युवाहरुको संयुक्त संघर्ष मार्फत प्रतिगामी कदमलाई परास्त गर्दै देशलाई पुनः संवैधानिक व्यवस्था र राजनीतिक स्थायित्वको अवस्थामा पु¥याउन आफुहरु प्रतिवद्ध रहेको बताइएको छ ।
विज्ञप्तीमा नेपाल तरुण दल, धादिङका अध्यक्ष गोपाल विश्वकर्मा, योङ्ग कम्युनिष्ट लिग, धादिङका संयोजक राजाराम रिजाल, युवा संघ धादिङका संयोजक प्रदिप फ्युबा र समाजवादी युवा संघ, धादिङका अध्यक्ष विरेन्द्र कोइरालाको हस्ताक्षर रहेको छ ।
विज्ञप्ती :
प्रतिक्रिया दिनुहोस