धादिङ १८ जेष्ठ
धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर १४ धुवाकोटमा रहेका स्वास्थ्य संस्थाहरुमा स्वास्थ्य सामाग्री वितरण सहित घुम्ती सेवा सुरु गरिएको छ । मङ्गलबार पूर्व विज्ञान तथा प्रविधि मन्त्री तथा ने.क.पा. (माओवादी केन्द्र) की केन्द्रीय सदस्य एवं स्वास्थ्य विभाग प्रमुख कल्पना धमलाको सहयोगमा उक्त स्वास्थ्य सामाग्री वितरण गरिएको हो ।
धुवाकोटको रातमाटे स्वास्थ्य बिन्दु, धुवाकोट स्वास्थ्य चौकी र धुवाकोट स्वास्थ्य चौकी ‘ख’ मा अक्सिमिटर, मास्क र सेनिटाईजर वितरण गरिएको धादिङ काठमाडौं जनसम्पर्क मञ्चका अध्यक्ष विनोदबाबु रिमालले जानकारी दिनुभयो ।
त्यस्तै टुकी नेपाल समाजद्धारा स्थानीय स्वास्थ्यकर्मीहरुको सहयोगमा परामर्श सहित औषधि लगायत अन्य स्वास्थ्य सामाग्रीको व्यवस्था गरिएको समेत रिमालले बताउनु भयो । नगरपालिकाको अन्य स्थानको तुलनामा धुवाकोट अति प्रभावित भएको हुनाले केही समस्या परिहालेमा गाडी सहितको घुम्ति सेवा भोलिसम्म सुचारु रहने रिमालले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस