धादिङ,१८ जेठ ।
धादिङमा मंगलबार ३५ जना कोरोना संक्रमित थपिएका छन् । थपिएका संक्रमितहरुका निलकण्ठका ११, गल्छीका ६, गंगाजमुनाका ९, थाक्रेका ३, त्रिपुरासुन्दरीका १ र धादिङ्ग अस्पतालमा ५ गरि ३५ जना रहेको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ । यो सहित जिल्लामा सक्रिय केशको संख्या १ हजार ५ सय ६६ पुगेको छ ।
संक्रमित मध्ये १४ सय ५६ जना जिल्ला भित्र र ११० जना जिल्ला बाहिरका विभिन्न आईशोलसनमा रहेका छन् । हालसम्म जिल्लाभर कोरोना संक्रमित हुनेको सङ्ख्या भने ४ हजार ४०३ पुगेको छ । यस्तै मंगलबार मात्रै धादिङका ८१ जना कोरोना संक्रमित निको भएसँगै जिल्लामा संक्रमणमुक्त हुनेको सङ्ख्या ३ हजार ४४ पुगेको छ । आज थाक्रेका ६५ वर्षिय पुरुषको मृत्यु भएसँगै कोरोना संक्रमण बाट मृत्यु हुनको संख्या ५० पुगेको छ ।
प्रतिक्रिया दिनुहोस