धादिङ,१७ जेठ ।
शिक्षा मन्त्रालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) आन्तरिक मूल्याङ्कन विधि अनुसार गराउने प्रस्ताव मन्त्रीपरिषदमा लैजाने निर्णय गरेको छ । आज बसेको मन्त्रालयको बैठकले एसईई परीक्षाको आन्तरिक मूल्याङ्कन विधि अनुसार गराउने प्रस्ताव मन्त्री परिषदमा पठाउने निर्णय गरेको मन्त्रालयका प्रवक्ता दिपक शर्माले जानकारी दिनुभयो । उहाँले मन्त्रालयको बैठकले आन्तरिक मूल्याङ्कन विधि अर्थात् गत वर्षकै विधि अनुरुप गराउने प्रस्ताव मन्त्रीपरिषदलाई पठाउने निर्णय गरिएको बताउनुभयो ।
गत वर्ष पनि कोरोना महामारीका कारण विद्यालयको प्रधानाध्यापक, कक्षा शिक्षक र अनुभवी शिक्षक गरी तीन सदस्यीय मूल्याङ्कनसमिति गठन गरी पहिलो त्रैमासिक अवधिको मूल्याङ्कन१० प्रतिशत, दोस्रो त्रैमासिक अवधिको मूल्याङ्कन ३० प्रतिशत र शैक्षिक सत्रको अन्त्यसम्ममा निर्धारित सबै विषयवस्तु मूल्याङ्कन भएको थियो ।
प्रतिक्रिया दिनुहोस