धादिङ,१७ जेठ ।
धादिङमा पछिल्लो २४ घण्टामा ३ सय १८ जना कोरोना संक्रमित थपिएका छन् । संक्रमितहरुमा निलकण्ठका १ सय ८०, गजुरीका २, बेनिघाटका ६, ज्वालामुखीका ६८, त्रिपुरासुन्दरीका ३, गंगाजमुनाका १९, नेत्रवातीका ३, थाक्रेका २२, रुबिभ्यालिका ३ जना र धादिङ अस्पतालका १२ जना गरी जिल्ला भित्र ३ सय १८ जना रहेको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ । यो सहित जिल्लामा सक्रिय केश १ हजार ६ सय १२ पुगेको छ ।
संक्रमित मध्ये १४ सय ८२ जना जिल्ला भित्र र १३० जना जिल्ला बाहिरका बिभिन्न आईशोलसनमा रहेका छन् । सोमबार नै धादिङका १ सय ४२ जना कोरोना संक्रमित निको भएसँगै जिल्लामा संक्रमणमुक्त हुनेको सङ्ख्या २ हजार ९ सय ६४ पुगेको छ । आज कोरोना संक्रमणका कारण गंगाजमुनाका ७१ वर्षिय पुरुषको मृत्यु भएसँगै मृत्युहुनेको संख्या ४९ पुगेको छ । जिल्ला भित्र आज १ सय ३६ स्वाब संकलन र १०५ एनटीजेन परिक्षण भएको छ ।
प्रतिक्रिया दिनुहोस