धादिङ १७ जेष्ठ
कोरोना रोकथाम र नियन्त्रणमा स्थानीय तहहरुलाई सहयोग गर्ने उद्देश्यले धादिङ समाज जापानले धादिङका ६ वटा स्थानीय तहलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । सोमबार एक कार्यक्रमका बिच उक्त स्वास्थ्य सामग्रीहरु जिल्लाका ६ वटा स्थानीय तहका प्रतिनिधिहरुलाई हस्तान्तरण गरिएको हो ।
जिल्लाको धुनिबेसी नगरपालिका, थाक्रे गाउँपालिका, गंगाजमुना गाउँपालिका, त्रिपुरासुन्दरी गाउँपालिका, सिद्धलेक गाउँपालिका र नेत्रावती डबजोङ गाउँपालिकाका विभिन्न स्वास्थ्य संस्था र आइसोलेशन सेन्टरका लागि प्रयोग गर्ने गरी स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो ।
सहयोग गरिएका सामग्रीहरुमा प्रत्येक स्थानीय तहलाई अक्सिजन कन्स्टे«टर २ थान, नेबुलाइजर १० पिस, डिजिटल थर्मोमिटर १० पिस, पल्स अक्सिमिटर ५ पिस, एन ९५ मास्क १०० पिस, ह्यान्ड ग्लोब्स २ सय पिस, सर्जिकल मास्क ४ सय पिस रहेको छ ।
हस्तान्तरण कार्यक्रममा सिद्धलेक गाउँपालिकाका अध्यक्ष प्रेमनाथ सिलवाल, धादिङ समाज जापानका संस्थापक अध्यक्ष तेज अर्याल, वर्तमान अध्यक्ष दिनेश लोहनी, अन्तराष्ट्रिय धादिङ समाजका अध्यक्ष नानुकाजी अर्याल, सोलुशन हबका सञ्चालक प्रकाश श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।
स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रमको सहजीकरण सोलुशन हबका सञ्चालक तथा नीलकण्ठ नगरपालिकाका न्यायिक समिति सदस्य प्रकाश श्रेष्ठ, ईश्वर श्रेष्ठ लगायतले गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस