धादिङ १७ जेष्ठ
शान्ति नेपाल धादिङले ज्वालामूखी गाउँपालिकाका विभिन्न स्वास्थ्य संस्थाका लागि स्वास्थ्य सामग्री सहयोग गरेको छ । कोरोना रोकथाम र नियन्त्रणका लागि विभिन्न स्थानीय तह तथा संघ संस्थाहरुलाई स्वास्थ्य सामग्री सहयोग गर्दै आएको शान्ति नेपालले ज्वालामूखी गाउँपालिकाका आइसोलेशन सेन्टर तथा स्वास्थ्य संस्थाहरुलाई आइतबार स्वास्थ्य सामग्री सहयोग गरेको शान्ति नेपाल धादिङका कार्यक्रम संयोजक इन्द्रमान शाक्यले जानकारी दिनुभयो ।
सहयोग गरिएको सामग्रीहरुमा पिपिइ सेट २१ थान, सर्जिकल मास्क ३ हजार ५ सय पिस, ग्लोब्स २८ बक्स, फेस सिल्ड ५० थान, ५ लिटरको ह्यान्ड स्यानिटाइजर ८ थान, आइसोलेशनका लागि ५ वटा हस्पिटल बेड, पल्स अक्सिमिटर १४ थान अक्सिजन सिलिन्डर ५ थान, अक्सिजन फ्लोमिटर १ थान रहेको शाक्यले जानकारी दिनुभयो ।
गाउँपालिका अध्यक्ष विनोदराज तिमल्सिनाको विशेष उपस्थितिमा स्वास्थ्य संयोजक सुजन श्रेष्ठलाई सामग्री हस्तान्तरण गरिएको हो ।
कोभिडको दोस्रो लहरसँगै संस्थाले आइसोलेशन केन्द्र सञ्चालनका लागि रुविभ्याली गाउँपालिकामा ५ , खनियावास गाउँपालिकामा ५ र नेपाल पत्रकार महासंघ धादिङला ५ वटा हस्पिटल बेड सहयोग गरिसकेको छ ।
प्रतिक्रिया दिनुहोस