सुशिला विश्वकर्मा ।
धादिङ,१५ जेष्ठ ।
सरकारले धादिङको बेल्खुमा ट्रमा सेन्टर स्थापना गर्ने लगाएतको ५ वटा शिर्षकमा बजेट विनियोजन गरिएको घोषणा गरेको । शनिबार आगामी आर्थिक बर्षको वजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सवारी दुर्घटनाबाट हुने सम्भावित जोखिम न्यूनिकरण तथा सवारी दुर्घटनाका घाइतेको उपचारका लागि बेल्खुमा ट्रमा सेन्टर स्थापना गरिने, धादिङको रूबिभ्यालीमा पत्थरको विशेष कार्यक्रम, पर्यटन प्रर्वधनको लागि पदमार्ग निमाणमा बजेट विनियोजन, धादिङको लामिडाँडामा लिफ्ट खानेपानीको लागि बजेट विनियोजन र बेनीघाट रोराङ मझिमटार देखि शक्तिखोर सुरुङमार्गको सम्भाव्यता अध्ययन गरिने बताउनु भएको थियो ।
प्रतिक्रिया दिनुहोस