सुशिला विश्वकर्मा
धादिङ,१५ जेष्ठ ।
१४ औं गणतन्त्र स्थापना दिबसको अवसरमा धादिबेशीमा रहेको अस्थायी कोभिड–१९ अस्पतालमा पानी तताउने तथा फिल्टर गर्ने वाटर डिस्पेन्सर र पोषणयुक्त खाद्य उपहार प्रदान गरिएको छ । शनिबार धादिङ अस्पताल सञ्चालन तथा व्यवस्थापन समिति अध्यक्ष महेन्द्र धमला, मेडिकल सुपरिटेन्डेन्ट डा. त्रिभुवन चन्द्र झालाई बीच बजार टोल सुधार समिति र अस्ट्रेलियामा रहेका नेपालीहरुद्धारा सङ्कलित रकमबाट उक्त सहयोग सामग्री हस्तान्तरण गरिएको हो ।
हस्तान्तरण गरिएको सामाग्रीहरुमा मोबाईल घुम्ति सौचालय तीन थान, ५ सय लिटरको एउटा पानी ट्यांकी पनि रहेको छ । हस्तान्तरण कार्यक्रममा धादिङ सोसियल भोलेन्टियर नेपालका अध्यक्ष नारायण कुमार श्रेष्ठ, सम्भु सिंह ठकुरी, नीलकण्ठ नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष गौतम हरि अधिकारी, राजकुमार श्रेष्ठ, अर्जुन भक्त श्रेष्ठ लगाएतको उपस्थिति रहेको थियो । गणतन्त्र दिवसकै अवसर पारी धादिङ सोसियल भोलेन्टियर नेपालले आईशोलेसन भवनको वरिपरि वृक्षारोपण र सरसफाई समेत गरेको धादिङ सोसियल भोलेन्टियर नेपालका अध्यक्ष नारायण कुमार श्रेष्ठले जनाकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस