धादिङ,१५ जेठ ।
सरकारले ज्येष्ठ नागरिकको मासिक भत्ता मासिक ४ हजार रुपैयाँ बढाएको छ । शनिबार आर्थिक वर्ष २०७८÷७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले ज्येष्ठ नागरिकको मासिक भत्ता एक हजार बढाएको बताएका हुन् । योसँगै सबै प्रकारका सामाजिक सुरक्षा भत्ता ३३ प्रतिशतले वृद्धि गरिएको छ । बढेको मासिक भत्ता साउन १ गते बाट कार्यान्वयनमा आउने छ ।
प्रतिक्रिया दिनुहोस