धादिङ १५ जेष्ठ
कोरोना रोकथाम र न्यूनीकरणका लागि प्रदेश सांसद जगत सिंखडाले १००० थान एन्टिजिन टेष्ट किट र १०००० थान VTM ( PCR) किट सहयोग गर्नु भएको छ । सल्यानटार प्राथमिक स्वास्थ्य केन्द्र धादिङलाई उक्त सहयोग सामग्री हस्तान्तरण गरिएको हो । सहयोग सामग्री हस्तान्तरण गर्दै सांसद सिंखडाले कोरोना रोकथाम र नियन्त्रणमा आफूले सक्दो सहयोग गर्दै आएको र यसलाई निरन्तरता दिने प्रतिबद्धता जनाउनु भयो ।
प्रतिक्रिया दिनुहोस