धादिङ,१४ जेठ ।
धादिङमा पछिल्लो २४ घण्टामा थप ८९ जना कोरोना संक्रमित थपिएका छन् । थपिएका संक्रमितहरुमा निलकण्ठका २७, धुनीबेशीका २४, गल्छीका २, गजुरीका १ र त्रिपुरासुन्दरीका ६ जना रहेको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ । यस्तै गंगाजमुनाका ६, नेत्रावातीका १०, थाक्रेका १, खनियाबासका १, सिद्धलेकमा ३ जना र पालिका नखुलेका ८ जना गरि जिल्लामा ८९ जनामा संक्रमण पुष्टि भएको हो । शुक्रबार जिल्ला भित्र ७३ र जिल्ला बाहिर १६ पोजिटिभ केश देखिएको छ ।
योसँगै जिल्लामा सक्रिय केशको संख्या १ हजार ३ सय ८२ पुगेको छ । हालसम्म जिल्लाभर कोरोना संक्रमित हुनेको सङ्ख्या भने ४ हजार ९९ पुगेको छ । आज नै थप ३६ जना संक्रमित निको भएसँगै जिल्लामा संक्रमणमुक्त हुनेको सङ्ख्या २ हजार ६ सय ६९ पुगेको छ । संक्रमणबाट जिल्लाका ४८ जनाको मृत्यु भएको छ । शुक्रबार निलकण्ठमा १ सय ७४, धादिङ्ग अस्पतालमा ४१, धुनिबेसिमा २७, गल्छीमा १४, गजुरीमा ११, थाक्रेमा ९, सिद्धलेकमा ३० गरि जिल्लामा आज ३०६ स्वाब संकलन भएको छ ।
प्रतिक्रिया दिनुहोस