धादिङ,१४ जेठ ।
कोरोनाभाइरस संक्रमण रोकथामका लागि धादिङ जिल्लाभर लगाइएको निषेधाज्ञा एकसाताका लागि थपिएको छ । शुक्रबार बसेको कोभिड व्यवस्थापन समिति (DCCMC) को बैठकले जेठ २२ गते राति १२ बजेसम्मको लागि निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो । बैशाख २१ गते बाट सुरु भएको निषेधाज्ञा भोलि राति १२ बजे सकिँदै छ ।
उक्त बैठकले निषेधाज्ञा अवधीभर सुर्ति, चुरोट र मदिराजन्य उत्पादनहरु जिल्लाभित्र एक ठाउँबाट अर्को ठाउँमा ओसारपसार गर्न र विक्रि वितरण गर्न रोक लगाउने लगाएतका विभिन्न निर्णय गरेको छ ।सरकारले अध्यादेश मार्फत अनुमतिविना वा बिरामी ओसारपसार गर्ने प्रायोजन बाहेकका गाडि चलाएमा कारबाही गर्न सक्ने व्यवस्था गरेको छ भने दुई पाङ्ग्रे गाडीलाई दुई हजार र अरु गाडीलाई ५ हजार रुपैयाँसम्म जरिवाना तिराउन सक्ने समेत अध्यादेशमा उल्लेख गरिएको छ । त्यस्तै मास्क नलगाइ सार्वजनिक ठाउँमा हिँड्नेलाई एक सय र निषेधाज्ञाका बेला विना काम निस्किनेलाई दुई सय रुपैयाँ तिराउन सक्ने व्यवस्था छ ।
कसैले उक्त अध्यादेश बमोजिमको काम गर्न अवरोध सिर्जना गरेमा एक वर्षसम्म कैद वा ५ लाख रुपैयाँसम्म जरिवाना गर्ने, अध्यादेश बमोजिम जारी भएको मापदण्ड पालना नगरेमा ६ महिनासम्म कैद वा ३ लाख रुपैयाँसम्म जरिवाना वा दुबै सजाय हुने जनाईएको छ । त्यस्तै अत्यावश्यक सेवामा संलग्न हुने कर्मचारीलाई आइतवारदेखि विहिवारसम्म विहान ९ देखि १० बजेसम्म र साँझ ५ देखि ६ बजेसम्म, शुक्रवार विहान ९ देखि १० बजेसम्म र दिउँसो ३ देखि ४ बजेसम्म पोषाक र परिचयपत्रका आधारमा मात्र आवतजावत गर्न दिने बैठकलले निर्णय गरेको छ ।
प्रतिक्रिया दिनुहोस