धादिङ,१४ जेठ ।
नेपाल रेडक्रस सोसाइटी धादिङ शाखाले धादिबेशीको अस्थायी कोभिड अस्पतालमा स्वास्थ्य सामग्री सहयोग गरेको छ । शुक्रबार धादिङ अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष महेन्द्र धमला र मेडिकल सुपरिटेन्डेन्ट डा. त्रिभुवन चन्द्र झा लाई रेडक्रसका सभापति नारायण तिमिल्सिनाले स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नुभएको हो ।
हस्तान्तरण गरिएको स्वास्थ्य सामग्रीहरुमा अक्सिजन कन्सनटेटर १ थान, मेडिकल सर्जिकल मास्क १ हजार पिस,ल्(ढछ फाईभ मास्क–सय पिस,पिपिई ४ पिस,कम्बल २० थान,अटोमेटिक स्प्रे मेसिन १ थान, क्लोरिन ५ लिटर,स्यानीटाईजर ५ लिटर,ह्याण्ड स्यानिटाईजर ९ वटा, डिटोल साबुन ६० पिस,बाल्टी १० थान,जग १० थान, व्यक्तिगत सरसफाइ सामाग्री(ब्रस,मन्जन,साबुनहरु, टावेल) २५ थान र डेड बडी (शव ब्याग) ५ थान रहेको अस्पतालका सूचना अधिकारी विक्रम वि.कले जानकारी दिनुभयो । साथै सोही अवसरमा तिमिल्सिनाले अस्पतालको २० ओटा अक्सिजन सिलिन्डर काठमाडौबाट भरेर ल्याउन २० हजार नगद समेत सहयोग गर्नुभएको छ ।
उक्त सहयोग हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै रेडक्रसका सभापति नारायण तिमिल्सिनाले धादिङ अस्पताल र नेपाल रेडक्रस सोसाइटी धादिङ बीच नङ र मासुको जस्तो सम्बन्ध रहेको बताउदै कोभिड सङ्ग लड्न आफुहरुले पुर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । उहाँले कोभिड नियन्त्रणको लागि अस्पताल र स्वास्थ्यकर्मीले खेलेको भुमिका सह्रानिय रहेको भन्दै सँगै हातेमालो गरेर अगाडि बढ्ने र अन्य निकायलाई समेत यो बिषम परिस्थितिमा सहयोग गर्नपहल गर्ने बताउनुभयो ।
त्यसैगरी अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष महेन्द्र धमलाले रेडक्रसले महत्वपूर्ण सहयोगको लागि धन्यवाद ज्ञापन गर्दै कोभिड नियन्त्रणमा रेडक्रसले खेलेको भुमिकाको प्रशंशा गर्नुभएको थियो । अध्यक्ष धमलाले अस्पताल र रेडक्रसबीच पहिले देखिनै राम्रो सहकार्य हुदै आएको र अहिलेको बिषम परिस्थितिमा अझै प्रभावकारी बनाउदै कोभिड नियन्त्रणमा हातेमालो गरेर अगाडि बढ्न जरुरी रहेको धारणा राख्नुभएको थियो ।
त्यस्तै अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. त्रिभुवन चन्द्र झाले सहयोगको लागि रेडक्रसलाई आभार व्यक्त गर्दै आगामी दिनहरुमा पनि यस्तै सहयोगको निरन्तरताको अपेक्षा गर्नुभयो ।साथै उहाँले अस्थायी कोभिड अस्पताल, स्वास्थ्यकर्मी र बिरामीहरुको सुरक्षा व्यवस्थालाई प्रभाबकारी बनाई कोभिड संक्रमण थप फैलने सम्भावनालाई न्युन गर्न नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलले समेत आईसोलेसनमा तत्काल सुरक्षा प्रदान गर्नुपर्ने बताउनु भएको थियो ।
प्रतिक्रिया दिनुहोस