धादिङ १३ जेष्ठ
नगरपालिकाका विभिन्न वस्तीहरुमा कोरोना सङ्क्रमण फैलिदै गएको आशंकामा धादिङको नीलकण्ठ नगरपालिकाले स्वाव संकलन कार्यलाई तिब्रता दिएको छ । नगरपालिकाभित्रका विभिन्न वडाहरुमा अभियानकै रुपमा वस्ती बस्तीमा गएर नगरपालिकाका स्वास्थ्यकर्मीहरुले पिसिआर परीक्षणका लागि स्वाव संकलन गरिरहेको उप मेयर मनराज भण्डारीले जानकारी दिनुभयो ।
नगरपालिकाका स्वास्थ्य संयोजक विष्णु रिजालले साविकको ज्यामरुङ गाविसमा समुदायस्तरमै कोरोना फैलिएको आशंकमा १ सय २६ जनाको पिसिआर परीक्षण गर्दा ६० जनामा पोजेटिभ देखिएको बताउनु भयो । रिजालका अनुसार नीलकण्ठ १४ धुवाकोटमा बिहिबार २ सय १० जना, सांकोषमा १ सय १६ जनाको स्वाव संकलन गरिएको छ र शुक्रबार नीलकण्ठ २ को तिनघरे र नीलकण्ठ ९ को मुरलिभञ्ज्याङमा स्वाव संकलन गरिने छ ।
नगरपालिकाभित्रका नागरिकहरुको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै गाउँ गाउँमा स्वाव संकलन गर्ने र पिसिआर परीक्षणको दायर बढाउने योजना अनुरुप नगरपालिका अगाडि बढेको बताउँदै उपमेयर भण्डारी नगरबासीहरुलाई कोरोना खोपका लागि पनि प्रकृया अगाडि बढाउन लागिएको जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस