धादिङ,१३ जेठ ।
धादिङमा बिहिबार थप १ सय १६ जना कोरोना संक्रमित थपिएका छन् । संक्रमित हुनेहरुमा निलकण्ठका ८, धुनीबेशीका ७, गल्छीका ४, गजुरीका ५, बेनिघाटका १ र ज्वालामुखीका २ जना रहेको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ । यस्तै त्रिपुरासुन्दरीका २६, गंगाजमुनाका ८, थाक्रेका १९, खनियाबासका ३, सिद्धलेकका २,रुवीभ्यालीका २९ र पालिका नखुलेका २ जना गरी १ सय १६ जनामा संक्रमण पुष्टि भएको हो ।
बिहिबार जिल्ला भित्र ९३ र जिल्ला बाहिर २३ पोजिटिभ केश देखिएको छ । योसँगै जिल्लामा सक्रिय केश १ हजार ३ सय ३२ पुगेको छ । आज जिल्लाका ६२ संक्रमित संक्रमण मुक्त भएसँगै जिल्लाभर संक्रमण मूक्त हुनेको सङ्ख्या २ हजार ६३४ पुगेको छ । बिहिबार निलकण्ठमा ३ सय २६, गल्छीमा २४, बेनिघाट रोराङ्गमा ६१, गंगाजमुनामा ३२, थाक्रेमा १९ गरि जिल्लामा ४ सय ६२ स्वाब संकलन भएको छ ।
प्रतिक्रिया दिनुहोस