धादिङ,१२ जेठ ।
धादिङमा बुधबार थप १ सय ८५ जना कोरोना संक्रमित थपिएका छन् । थपिएका संक्रमितहरुमा निलकण्ठका ३७, ज्वालामुखीका ८०, त्रिपुरासुन्दरीका ३, गंगाजमुनाका १७, थाक्रेका ३६, धादिङ्ग अस्पतालमा १२ गरि जिल्लामा १ सय ८५ जना रहेको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।
योसँगै जिल्लामा सक्रिय केशको संख्या १ हजार २ सय ७८ पुगेको छ । संक्रमित मध्ये ११ सय ५२ जना जिल्ला भित्र र १२६ जना जिल्ला बाहिरका विभिन्न आईशोलसनमा रहेका छन् । संक्रमणका कारण बुधबार निलकण्ठका ६३ वर्षीय पुरुषको मृत्यु भएसंगै जिल्लामा संक्रमण बाट मृत्युहुनेको संख्या ४४ पुगेको छ । आज जिल्लाका ३६ संक्रमित संक्रमण मुक्त भएसँगै जिल्लाभर संक्रमण मूक्त हुनेको सङ्ख्या २ हजार ५ सय ७२ पुगेको छ । आज नै निलकण्ठमा ७८, गजुरीमा १० र थाक्रेमा २२ गरि जिल्लामा ११० स्वाब संकलन गरिएको छ ।
प्रतिक्रिया दिनुहोस