धादिङ १२ जेष्ठ
जिल्ला खेलकुद विकास समिति धादिङले आफ्नो मातहत रहेको धादिङबेसी स्थित कभर्ड हल आवश्यक परेको अवस्थामा कोरोना सङ्क्रमित बिरामीहरुका लागि प्रयोग गर्न प्रदान गर्ने जानकारी दिएको छ ।
समितिका अध्यक्ष प्रताप सिं तामाङले कोरोना संक्रमितहरुका लागि क्वारेनटाइन वा आइसोलेसन वार्ड निर्माणका लागि कवर्ड हल प्रदान गर्दै आवश्यक अन्य सहयोग समेत गर्ने जानकारी दिनुभयो । यस्तै तामाङले कोरोना संक्रमण रोकथाम र न्यूनीकरणका लागि स्वास्थ्यकर्मी, सुरक्षाकर्मीहरुलाई थप स्वयंसेवकहरु आवश्यक परेमा खेलाडीहरुलाई परिचालन गर्न समेत आफू प्रतिबद्ध रहेको बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस