धादिङ १२ जेष्ठ
पत्रकार महासंघ धादिङले आफ्नै भवनमा ५ बेडको आइसोलेशन वार्ड स्थापना गरेको छ । जिल्लामा कोरोना सङ्क्रमणको दर बढ्दै गएको र पत्रकारहरु नै संक्रमित हुन थालेको सन्दर्भलाई मध्यनजर गर्दै ५ बेडको आइसोलेसन स्थापना गरिएको हो ।
आइसोलेसन स्थापनाका लागि आवश्यक सामग्री शान्ति नेपालले सहयोग गरेको छ । भाडामा बसोबास गर्ने अथवा सङ्क्रमण भएपछि घरमा बस्न असहज हुने पत्रकारहरुका लागि उक्त आइसोलेशन वार्ड उपयोगी हुने महासंघ धादिङ शाखाका अध्यक्ष राजाराम शर्माले जानकारी दिनुभयो ।
आइसोलेशन वार्डमा बस्ने संक्रमितहरुलाई देखिने सामान्य स्वास्थ्य परामर्श नीलकण्ठ नगरपालिकाको स्वास्थ्य शाखाले दिने छ भने मनोपरामर्श सेवाका लागि सहयात्री समाज धादिङले सहयोग गर्ने बताइएको छ । आइसोलशन सेन्टरमा आवश्यक थप सामग्रीहरु पनि दाताहरुबाट सहयोग जुट्दै गरेको अध्यक्ष शर्माले बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस